झापा, माघ १३ । भारत विहारको किसनगञ्जमा लागेको माता मेलामा धेरैजना हराएका छन् ।

अत्यधिक भीड भएकाले त्यहाँ जाने दर्शनार्थीहरु हराउने गरेका हुन् । मेलामा सयभन्दा बढी हराएका थिए ।जहाँ बालबालिका मात्र होइन , ठूला मानिस पनि अत्यधिक भीडभाडका कारण हराउने गरेका छन् ।माता मन्दिर समितिको माइकिङमार्फत आफन्तले हराएकाहरुको खोजी गरेका थिए । शुक्रवार र शनिवार त्यहाँ भव्य मेला लागेको थियो । मेला भर्न नेपालबाट धेरैजना जाने गरेका छन् । गुन्ज नदीको किनारमा रहेको माता भगवतीको मन्दिरमा विशेषगरी परेवाको बलि दिने गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्