झापा,माघ १४ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । राष्ट्रिय परिचयपत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका भट्टराईले सेवाग्राहीहरूलाई राहदानी बनाइदिने भन्दै ३४ हजार घुस÷रिसवत लिएको अभियोग आयोगको छ ।

करारमा कार्यरत भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीको लागि सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले भट्टराईविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ अनुसार ३४ हजार बिगो जरिवाना कैद सजायको मागदावी गरेको छ ।

आयोगले घुस लिने÷दिने कार्यमा संलग्न रहेको भन्दै सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध समेत विशेषमा मुद्दा चलाएको छ । सापकोटाले भट्टराईको खातामा रकम जम्मा गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्