बिर्तामोड,माघ १४ । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना ,सुरुवाती कोठा नेपाल ,प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्याप्टरको सहआयोजनामा छात्राहरुका लागि एकदिने पाठेघरको क्यान्सरसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्त्रीरोग तथा क्यान्सर रोग बिशेषज्ञ डाक्टर प्रियंका कटुवालले विद्यार्थीहरुलाई क्यान्सरका बारेमा सहजीकरण गरेकी थिइन् । अंग्रेजी महिना जनवरीलाई पाठेघर क्यान्सरविरुद्धको अभियानका रुपमा मनाउनेक्रममा पाठेघरको क्यान्सर हुन नदिनका लागि अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ ।अति कम विकसित देशका महिलामा पाठेघरको क्यान्सर ज्यादा देखिन थालेको कारण यस्ता कार्यक्रम गर्नुपरेको र बालिका तथा किशोरीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको जानकारी समेत दिइएको थियो ।

कार्यक्रममा कलेजका ३ सयबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरु सेम्भी दाहाल ,समिर धमला ,मुना सेन्चुरीले पाठेघरको क्यान्सरका बारेमा जिज्ञासा राखेका थिए । किरण बस्नेतले ब्यवस्थापन गरेको कार्यक्रमको संचालन कलेजका अतिरिक्त क्रियाकलाप संयोजक दीपक दासले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्