झापा, माघ १७ । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य बृद्धि गरेको हो।

भारतबाट बृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य बृद्धि गरेको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ। नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्