कुमरखोद, माघ १८ । झापा गाउँपालिका वडा नम्बर ४ खयरबारीस्थित नारायण गिरीको परालको कुन्यूमा आगलागी भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/02/423686881_7104302763010295_6014738466447757948_n.jpg)
आज दिउँसो करिव ३.३० बजेतिर गिरीको करिव २ विगाह खेतको परालमा आगलागी भएको हो।खेतमा रहेको झ्यासझुस डढाउँदा परालमा आगो सल्केको हुन सक्ने अनुमान गरिएको छ।
बिर्तामोड नगरपालिकाको दमकल,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयले २ घण्टामा आगलागी नियन्त्रणमा लिएको टाँघनडुब्बा प्रहरी चौकीका असई ध्रुवराज राजवंशीले जानकारी दिए । उनका अनुसार आगलागीबाट करिव २० हजार बराबरको क्षति भएको छ।