झापा,माघ २१ । चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी दसैँमा प्रदर्शन हुने भएको छ । दक्षिण भारतीय कलाकार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिलाई घोषणा गरिएको हो ।

अभिनेतृ नीता ढुङ्गानाले निर्माण गरेको चलचित्रमा उनकै प्रमुख अभिनय रहेको छ । चलचित्रको पोस्टरमा बह्मानन्दमलाई मात्र समावेश गरिएको छ । जसमा बह्मानन्दम नेपाली ढाका टोपीमा देखिएका छन् ।

चन्द्र पन्त निर्देशित चलचित्रमा नेपाल र भारतीय कलाकारको संयुक्त अभिनय रहेको छ । यो चलचित्र नेपालका हलमा रिलिज हुने छ भने भारतका प्रान्तीय भाषामा ओटिटी प्रदर्शन हुने जनाइएको छ । चलचित्रका अन्य कलाकारमा हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रवीन्द्र झासँगै भारतीय कलाकार ब्रह्मानन्दम र विजय रावतको समेत अभिनय रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्