भद्रपुर, माघ २२ । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको पाँचौं स्थापना दिवस तथा बार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत समाजले मेची आँखा अस्पताल विर्तामोड तथा ओम साई पाथिभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच तथा स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो ।

समाजका कार्यवाहक अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षतामा तथा प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, ९ का वडाध्यक्ष रामप्रसाद दाहाल र १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीले शुभकामना मन्तव्य राखेका थिए ।
धेरै स्थानीयले लाभ लिएको शिविरमा विरामीलाई निःशुल्क औषधि वितरणसमेत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्