झापा,माघ २४ । इलाका प्रहरी कार्यालय रंगेलीले लागुऔषध गाँजा र हरिणको सिङसहित एक जना महिलालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका–७ बस्ने ५५ वर्षीया सागर देवीलाई प्रहरीले पक्राउ गरेको हो।

गैरकानुनी क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले गाँजा र हरिणको सिङसहित उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

गाँजा १ किलो ६९७ ग्राम र अवैधरूपमा लुकाईछिपाई राखेको २ जोडी ४ थान हरिणको सिङजस्तो देखिने बस्तु फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्