झापा,माघ २४ । कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो ।

उत्पादनमूलक क्षेत्र (Manufacturing Sector) तर्फको कोरियन भाषा परीक्षाबारे माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएको थियो । तर, प्राविधिक कारणले परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न कहि समय लाग्ने जनाएको हो ।

१९ मंसिरमा सार्वजनिक गरिएको सूचना अनुसार कोरियाका लागि उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो। र परीक्षाबारे विस्तृत जानकारी माघ २२ मा प्रकाशित गर्ने जनाएको थियो ।

आवेदनहरूलाई रूजु गर्ने काम नसकिएकाले परीक्षा मिति सार्वजनिक गर्न अझै समय लाग्ने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले बताए । ईपीएसमार्फत कोरिया जानका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका छन्। आवेदनकर्ता निकै बढि भएकाले रूजु गर्ने समय लागिरहेको उनको भनाइ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्