झापा,माघ २५ । झापाको कचनकवलमा अपाङ्गता भएका ब्यक्तिहरुका लागि साबुन बनाउने तालिम सम्पन्न भएको छ ।

अपाङ्गता भएका ब्यक्तिहरुलाई सहभागी गराई जडिबुटीको समिश्रण गरि साबुन बनाउने दुईदिने तालिम सम्पन्न भएको हो । कचनकवल गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा अपाङ्गता पुनर्स्थापना तथा रोकथाम कार्यक्रमअन्तर्गत सो तालिम संचालन गरिएको थियो । अपाङ्गता भएका ब्यक्तिहरुलाई सीप सिकाइ आत्मनिर्भर बनाउने उद्धेश्यले निम,एलोबेराबाट साबुन बनाउने तालिम सम्पन्न भएको झापा नेत्रहीन संघका सचिव दिलकुमार राजवंशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्