झापा,माघ २५ । प्राकृतिक रुपमा रहेका पानीका मुहान सुक्दै गएपछि सहरी क्षेत्रमा चराहरुको लागि पानीको व्यवस्थापन गरिने भएको छ । डिभिजन वन कार्यालयले इलामको सदरमुकाम इलाम बजारमा चराहरुका लागि पानी व्यवस्थापनको योजना कार्यान्वयन गर्न लागेको हो ।

सहरी क्षेत्रमा चराको लागि छतमा पानी व्यवस्थापन कार्यक्रम चालु आर्थिक वर्षमा डिभिजन कार्यालय इलामले कार्यान्वयन गर्ने योजना बनाएको छ । डिभिजन कार्यालयमा यो कार्यक्रम संचालनका लागि ५ लाख रुपैयाँ बजेट रहेको छ । पानीका प्राकृतिक श्रोत सुक्दै गएपछि चराहरुको बसाइसर्ने क्रम बढेकाले डिभिजन वन कार्यालयले सहरी क्षेत्रमा चराहरु विस्थापन रोक्न कार्यक्रम संचालन गर्न लागेको हो ।

डिभिजन वन कार्यालयले यो बजेटबाट प्रथम चरणमा इलाम बजारका सरकारी कार्यालयहरुको छतमा पानी राख्ने संरचना राखिने डिभिजन वन कार्यालय इलामका प्रमुख दान बहादूर श्रेष्ठले बताए । यो आर्थिक वर्षको कार्यक्रम सफल भएपछि आगामि आर्थिक वर्षमा पनि बजेट प्रस्ताव योजना रहेको डिभिजनका प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्