बिर्तामोड , माघ २८ ।बिर्तामोड २ स्थित वीर अमरसिंह माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समाज गठन भएको छ ।

विद्यालयमा शनिवार एक कार्यक्रम गरी वीर अमरसिंह पूर्व विद्यार्थी समाज गठन गरिएको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष एवं वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।

६७ औं बार्षिक उत्सव मनाईसकेको विद्यालयले भौतिक संरचना एवं ब्यबस्थापनको पक्षमा उल्लेख्य उपलब्धी हासिल गरेको छ । सो विद्यालयमा अध्ययन गरेर बाहिरिएका विद्यार्थीलाई एकताबद्ध गर्न समाज गठन गरिएको जनाईएको छ ।
भेलाले पूर्व विद्यार्थी एवं निर्माण व्यवसायी केदार गिरीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले विद्यालयको भित्री प्राङ्गणमा पेवर्स लगाउन ब्यक्तिगत रुपमा ५ लाख १ हजार रपैयाँ उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै सो काम सम्पन्न गर्न आफै लागिपर्ने बताए ।

विद्यालय ब्यबस्थापन समिति सदस्य धर्म लक्सबाले स्वागत गरेको कार्यक्रममा किरण पौडेल ,लिला सिलवाल ,सीता मिश्र ,गंगा सिलवाललगायतले विद्यालय सर्वाङ्गीण विकासका लागि अभियान संचालन गर्ने प्रतिबद्धता जनाएका थिए ।
विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले संचालन गरेको कार्यक्रममा २ सय पूर्व विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्