झापा , माघ २८ । वैदेशिक रोजगारीका लागि दुबई गएका अर्जुनधारा ११ का ४७ वर्षीय प्रदिप राईको अचानक निधन भएको छ ।

हिजो साँझ खाना खाएर सुतेका राईको नेपाली समय अनुसार राति १० बजे अचानक निधन भएको उनका आफन्त सन्तकुमार राईले बताए । स्वर्गीय राईको शव नेपाल ल्याउने पहल भइरहेको उनले जानकारी दिए । राईका श्रीमती , एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्