झापा, माघ २८ । झापा गाउँपालिका ६ दुर्गा चौकमा एक व्यक्ति मृत फेला परेका छन् ।

आज दिउँसो २ः४५ बजेको समयमा झापा गाउँपालिका ६ दुर्गा चौकमा सोही गाउँपालिकाको मिलन चौक बस्ने अन्दाजी ३० वर्षीय रोहितबहादुर कट्वाल मृत फेला परेका हुन् । स्थानीय हरिबहादुर बानियाको मकैबारीमा पानी लगाउन गएकोमा सोही ठाउँमा कट्वाल मृत अवस्थामा फेला परेपछि सम्बन्धित वडाका वडा अध्यक्षले प्रहरी चौकी शरणामतिमा जानकारी गराएका थिए ।

मृतक कट्वाल पहिलादेखि नै मृगी रोगको बिरामी रहेको र औषधि सेवनसमेत गरिरहेको आफन्तले जानकारी दिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्