बिर्तामोड, माघ २८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सातौं पुण्यतिथिको अवसर पारेर श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस झापाको आयोजनामा बुढाथोकी निवासमा आयोजित श्रद्धाञ्जली सभामा पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारलाई समवेदनापत्र हस्तान्तरण गरे ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले बुढाथोकीको निधनले पार्टी र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको भन्दै विकास निर्माण, संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन एवं संविधानसभा सदस्य रहेर संविधान निर्माणमा खेलेको भूमिका सदा स्मरणीय रहने बताए ।

सभापति देउवाले पार्टी केन्द्रीय समितिले तयार पारेको समवेदनापत्र परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस कोशी प्रदेश समिति, नेपाली कांग्रेस झापा जिल्ला समिति, नेपाल महिला संघ, नेपाल शिक्षक संघ, नेपाल दलित संघ, नेपाल कर्मचारी युनियन संघ, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिति, ४ नम्बर क्षेत्रीय समिति, अर्जुनधारा नगर समिति, शिवसताक्षी नगर समिति, विभिन्न भ्रातृ तथा शुभेच्छुक संघ संस्थालगायत तीन दर्जनबढी समवेदनापत्र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, अर्जुनधारा नगर सभापति हेमराज खरेललगायतले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले गरेका थिए भने परिवारका तर्फबाट बुढाथोकीका भाइ सुदर्शन बुढाथोकीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

श्रद्धाञ्जली सभामा अर्थमन्त्री प्रकाशशरण महत, पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्यहरु राजीव ढुङ्गाना, महेन्द्राकुमारी सुब्बा, सुशिला ढकाल आचार्य, गोमा भट्टराई, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, प्रदेश सदस्यहरु, नेपाली कांग्रेस झापाका पदाधिकारी÷सदस्य, छिमेकी जिल्लाका सभापतिहरु, नेपाली कांग्रेसका विभिन्न तहगत संगठन एवं भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका अगुवाहरुको ब्यापक उपस्थिति रहेको नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले जानकारी दिए ।

श्रद्धाञ्जली सभामा शोक समवेदना ब्यक्त गर्न उपस्थित महानुभावले सांसद, मन्त्री एवं पार्टी संगठनको विभिन्न पदीय जिम्मेवारीमा रहँदा बुढाथोकीले दिएको योगदानको स्मरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्