झापा,फागुन १ । झापाको कनकाई नगरपालिका वडा नं ७ दुर्गापुरमा प्रहरी विट निर्माण गरिएको छ ।

दुई कठ्ठा जग्गामा १४ लाख रुपैयाँको लागतमा ४ कोठे प्रहरी विट निर्माण गरिएको हो । जसको कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आज उद्घाटन गरे ।

कनकाई ७ का वडा अध्यक्ष भिष्मभुषण सिटौलाको अध्यक्षता तथा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा उद्घाटन गरी अस्थाई प्रहरी बिट दुर्गापुरलाई हस्तान्तरण गरिएको छ ।कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी , ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी सुरज कार्कील, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि र नेपाल प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

कनकाई नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीय र प्रहरीको सक्रिय सहभागितामा २ कठ्ठा नम्बरी जग्गामा जस्ताको छानो भएको ४ कोठे पक्की भवन १४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । त्यस विटमा हवल्दारको कमान्डमा पाँचजना प्रहरी रहने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्