बिर्तामोड, फागुन १ ।अबको दुई सातापछि हुन लागेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि चुनावी माहौल तातिएको छ ।

निर्वाचनमा दुईवटा प्यानल भिड्ने भएका छन् । नेपाली कांग्रेस र एकीकृत समाजवादीको एउटा प्यानल, त्यस्तै अर्कोतिर नेकपा एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टी , नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको अर्को प्यानल निर्वाचनमा होमिएको हो । निर्वाचनका लागि नेपाली कांग्रेस र एकीकृत समाजवादीले मंगलवार लोकतान्त्रिक व्यवसायी समूहका उम्मेदवार घोषणा गरेका छन् । बिर्तामोडको अतिथि सदनमा नेता कार्यकर्ता र व्यवसायीहरुको भीड जम्मा गरेर सो प्यानलको उम्मेदवार घोषणा गरिएको हो । सो समूहबाट वर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने अध्यक्षको उम्मेदवार बनेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा संजीव घिमिरे , वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का , उद्योग उपाध्यक्षमा विशाल थापा ,जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल हुमागाँई , महासचिव कुशल खतिवडा , वाणिज्य सचिव राजकुमार शाह, उद्योग सचिव पुकार बराल , कोषाध्यक्ष दीपक मित्तल र सहकोषाध्यक्षमा तिलोतमा खत्री उम्मेदवार बनेका छन् ।

त्यस्तै खुल्ला सदस्यहरुमा अनन्तलाल महतो , रमेश घिमिरे , अरुण जैन , दिनेश श्रेष्ठ ,श्यामकृष्ण पाठक , डिल्ली कोइराला र योगेश शर्मा भट्टराईले उम्मेदवारी दिने भएका छन् । त्यस्तै महिला सदस्यमा सुशिला बस्नेत कार्की र निशा शाह गुप्ता उठ्ने भएका छन् ।

निर्वाचन मूल परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौलाको अध्यक्षता ,निर्वाचन अनुगमन समितिका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेबेको प्रमुख आतिथ्यमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा प्रचार प्रसार समितिका संयोजक तथा वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीले उम्मेदवारको नाम घोषणा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्