झापा,फागुन ३ । निजी डेरी उद्योगहरुको तुलनामा वस्तुको मूल्य महंगो भएपछि कोशी प्रदेशमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले झण्डै ४० प्रतिशत बजारको हिस्सा गुमाएको छ । पछिल्लो तीन महिनायता मात्र डिडिसीले मूल्यान्तरकै कारण खुद्रा बजारको ठूलो हिस्सा गुमाएको हो ।

बजार मागको अनुपातमा दुधको उत्पादन बढि भएपछि कोशी प्रदेशमा सञ्चालित निजी डेरी उद्योगहरुले दुधको उपभोक्ता मूल्य घटाएका थिए । नेपाल सरकारले किसानहरुसँग न्यूनतम ६५ रुपैयाँ प्रतिलिटरका दरले दुध खरिद गर्ने निर्णय गरेसँगै गतवर्ष दुधको उपभोक्त्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको थियो । त्यसपछि बजारमा दुधको माग क्रमश घट्दै गएको थियो भने दुधको मूल्य बढेपछि किसानले दुध उत्पादन बढाउँदा उत्पादन बढेको थियो । बजारमा उत्पादन बढ्ने र माग घट्ने अवस्था भएपछि मंसिर १ गतेबाट लागू हुने गरी निजी डेरी उद्योगहरुले दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएका थिए । तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले पुरानै मुल्यमा उत्पादन बिक्री गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्