झापा,फागुन ३ । नागरिक उन्मुक्ति पार्टीले विविध कार्यक्रम गरी आज दोस्रो स्थापना दिवस मनाएको छ ।

झापाको बिर्तामोड ,दमक ,इटहरी , विराटनगर , उर्लावारीलगायतका शहरमा स्थापना दिवसमा विविध कार्यक्रम गरिएको सो पार्टीले जनाएको छ ।त्यस अवसरमा बिर्तामोडको मुक्तिचौकमा साँझ दीप प्रज्ज्वलन गरिएको छ । कार्यक्रममा प्रदेश अध्यक्ष धनबहादुर पन्धाक , केन्द्रीय सचिवालय सदस्य त्रिनारायण राजवंशी , केन्द्रीय सदस्य दुर्गादेवी लिम्बू ,प्रदेश सदस्य पदम चेन्जी माबो ,महाधिवेशन प्रतिनिधिहरु विशाल लिम्बू ,श्याम राजवंशी ‘तेजनारायण’,हरिनारायण चौधरी , चन्द्रमाया लिम्बूलगायतको सहभागिता रहेको थियो ।

जिल्लाका सबै पालिकाहरुमा संगठन विस्तार गर्नका लागि सदस्य विस्तार र संगठन सुदृढीकरण गर्ने कार्यलाई अघि बढाइएको प्रदेश अध्यक्ष पन्धाकले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्