झापा , फागुन ३ ।दुई लाख रुपैयाँ चोरी गरी फरार भएका पिकअपका सहचालक पक्राउ परेका छन् ।

हिजो बिहान ८ः५० बजेको समयमा मेचीनगर ९ लिलाबस्तीमा प्र.१–०१–००१च.९८०५ न.को बोलेरो पिकअप गाडीमा सहचालक काम गर्ने ईलाम –९ गोलाबस्ती बस्ने अन्दाजी २२ वर्षीय पासाङ तामाङ बम्जनले गाडीमा राखेको नगद रु.२ लाख चोरी गरी फरार भएका थिए । गाडीधनी ईलाम सूर्योदय ८ बस्ने सुरेन जोशीले त्यसबारे ईलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी गराएका थिए ।

खोजी गर्नेक्रममा आज साँझ ६ बजेको समयमा बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ जाँदै गरेको अवस्थामा बम्जनलाई पक्राउ गरेको हो । दमक ९ पश्चिम बसस्टेन्डबाट ६५ हजार १५नेपाली रुपैयाँ र भा.रु.८ हजार ,४७० सहित उनलाई फेला पारी ई.प्र.का.दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्