झापा,फागुन ४ । नेपाललाई हराउँदै मलेसिया एसिया कप २०२४ का लागि छनोट भएको छ । शुक्रबार मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले हराउँदै एसिया कप २०२४ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नेपाललाई हराउँदै मलेसिया एसिया कप २०२४ का लागि छनोट

एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले १ बल बाँकी छँदै ६ विकेट गुमाएर ११६ रन बनायो । नेपालको तर्फबाट कविता जोशी र सीता रानामगरले २–२ विकेट लिइन् भने कविता कुँवर र रुविना क्षेत्री १–१ विकेट लिए ।

बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । नेपालकी इन्दु बर्माले ३७ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक धेरै २९ रन बनाइन् । यस्तै डली भट्टले २५, कविता कुँवरले २३ र रुविना क्षेत्रीले २० रन बनाए । सीता रानामगरले ६ र कविता जोशीले २ रन जोडिन् ।

मलेसियाको बलर महिराह इजाती इस्लामीले २ विकेट लिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्