झापा,फागुन ७ । निजी डेरी उद्योगको तुलनामा वस्तुको मूल्य महँगो भएपछि कोशी प्रदेशमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले झन्डै ४० प्रतिशत बजार हिस्सा गुमाएको छ । पछिल्लो तीन महिनायता मात्र डिडिसीले मूल्यान्तरकै कारण खुद्रा बजारको ठुलो हिस्सा गुमाएको हो ।

बजार मागको अनुपातमा दुधको उत्पादन बढी भएपछि कोशी प्रदेशमा सञ्चालित निजी डेरी उद्योगले दुधको उपभोक्ता मूल्य घटाएका थिए । नेपाल सरकारले किसानसँग न्यूनतम ६५ रुपियाँ प्रतिलिटरका दरले दुध खरिद गर्ने निर्णय गरेसँगै गत वर्ष दुधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँले बढाएको थियो । त्यसपछि बजारमा दुधको माग क्रमश घट्दै गएको थियो भने दुधको मूल्य बढेपछि किसानले दुध उत्पादन बढाउँदा उत्पादन बढेको थियो । बजारमा उत्पादन बढ्ने र माग घट्ने अवस्था भएपछि मङ्सिर १ गतेबाट लागु हुने गरी निजी डेरी उद्योगहरूले दुधको मूल्य प्रतिलिटर १० रुपियाँले घटाएका थिए । तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले पुरानै मूल्यमा उत्पादन बिक्री गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्