झापा , फागुन ७ । झापाको हल्दिवारीमा ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

शनिवार मध्यान्ह १२ बजेको समयमा हल्दिवारी वडा नं. २ रामलाल चौकस्थित भद्रपुर– हल्दिवारी सडकखण्डमा पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्रयाक्टरले बिपरित दिशावाट आउँदै गरेको ना.१७ प १०३४ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय दिनेश राजवंशी गंभीर घाइते भएका थिए । घाईतेलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएकोमा थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।

उपचारका क्रममा आज दिउँसो १२ः३० बजे घाईते राजबंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भद्रपुर २ बस्ने २३ वर्षीय सविन जोगीले कुदाएको को १ त ५०४६ न. को ट्रयाक्टरले ठक्कर दिएको भनी अनुसन्धानबाट खुल्न आएपछि ठक्कर दिने ट्रयाक्टर र चालक जोगी जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्