बिर्तामोड,फागुन ८ । मलेसियन कम्पनीको उत्पादन पेट्रोनस लुब्रिकेन्टसका बारेमा त्रिथुंगा ट्रेडिङ प्रा.लि.ले मेकानिकहरुसंग अन्तरक्रिया गरेको छ ।

नेपालका लागि पेट्रोनसको आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङ प्रा.लि.को आयोजना तथा कालिका ट्रेड सप्लायर्सको संयोजनमा बिर्तामोडमा मेकानिक मीट राखिएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार राजु न्यौपानेको प्रमुख आतिथ्य तथा कालिका ट्रेड सप्लायर्सका मेनेजिङ डाइरेक्टर डम्बर थापाको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड , मेचीनगर , बुद्धशान्ति र भद्रपुरका मेकानिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा त्रिथुंगा ट्रेडिङ प्रा.लि.का नेशनल सेल्स हेड अभिशेख अधिकारी र कोशी प्रदेश हेड रामदास भट्टराईले सहजीकरण गरेका थिए । उनीहरुको अन्तर्राष्ट्रिय स्तरको उत्पादन भएकाले पेट्रोनस लुब्रिकेन्टस् नै प्रयोग गर्न र गराउन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल अटो मेकानिक ट्रेड युनियनका ऋषि पौडेल, बिर्तामोड उद्योग वाणिज्य संघका सचिव तथा आसन्न निर्वाचनमा महासचिवका उम्मेदवार कुशल खतिवडालगायतको उपस्थिति रहेको थियो । कालिका सप्लायर्सका प्रोप्राइटर वासुदेव तिम्सिनाले स्वागत गरेको कार्यक्रमको संचालन सुमन लिम्बूले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्