झापा,फागुन ९ । काठमाडौंको सीतापाइलामा ३ जना मृत भेटिएको केही बेरपछि एक पुरुष पनि झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सीतापाइलामा बुधबार बिहान एक महिला र उनका दुई छोरीहरू मृत भेटिएका थिए । उक्त घटनाकै अनुसन्धानका क्रममा प्रहरीले एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला पारेको हो ।
तीन जनाको शव भेटिएको ठाउँभन्दा केहीपर सोलुखुम्बु स्थायी घर भएका पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा ती पुरुषले तीन जनाको हत्या गरी आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको छानबिन भइरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्