झापा,फागुन ९ । इलामको रोङ गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । किसानलाई बाँदर लगायतका जङ्गली जनावरले हैरान बनाएपछि वैकल्पिक खेतीका रूपमा गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकाले गत वर्ष स्थानीयको चिया उत्पादक सहकारीलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको थियो । उक्त बेसार चिया उत्पादक सहकारीले ४५ जना किसानलाई खेती गर्न वितरण गरेको थियो । उक्त बिउँबाट चार हजार तीन सय ५० किलोग्राम बिउँ उत्पादन भएको छ ।

किसानले उत्पादन गरेको बिउँ ४० रुपियाँ प्रति किलोका दरले सहकारीले खरिद गरेको छ । सहकारीले किसानबाट खरिद गरेको बेसारको बिउँ किसानलाई वितरण गर्ने योजना रहेको सहकारीले जनाएको छ ।
गाउँपालिकाले ६ वटै वडालाई उत्पादनमा जोडेर प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्