झापा,फागुन ११ । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको सात महिनामा झण्डै नौ हजार नागरिकता वितरण गरेको छ । इलाका प्रशासान कार्यालय धरान, इलाका प्रशासन कार्यालय हरिनगर र जिल्ला प्रशासन कार्यालय इनरुवा गरी तीन ठाउँबाट नागरिकता वितरण गर्दै आएकोमा चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको सात महिनामा आठ हजार ७८३ जनालाई नयाँ नागरिकता वितरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयको नियमित कार्यमा पर्ने नयाँ नागरिकता तथा प्रतिलिपि नागरिकता वितरणलाई प्रक्रिया पुगेर आएकाहरुलाई सहज रुपमा सेवा प्रवाह गर्दै आएको छ । त्यसैगरी नागरिकता प्रतिलिपि सात हजार ४४५ थान वितरण गरेको छ ।

सोही अवधिमा १३ हजार ८३ थान राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको छ भने तीन हजार ४५२ थान राष्ट्रिय परिचयपत्र वितरण गरेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्