बिर्तामोड , फागुन १२ । इडन गार्डेन एजुकेशन फाउन्डेशन बिर्तामोडले ३५ औं वार्षिकोत्सव मनाएको छ ।

शुक्रवार विविध सांस्कृतिक नृत्य , गायन र वक्तृत्वकला कार्यक्रम गरी विद्यालयले वार्षिकोत्सव मनाएको हो । विद्यालयका फाउन्डर प्रिन्सिपल मोहन आचार्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थी र उत्कृष्ट सदनलाई पुरस्कृत गरिएको थियो । वर्ष उत्कृष्ट विद्यार्थीको रुपमा कक्षा १० का प्रनिशा बोहोरा र नेल्सन पराजुलीलाई जनही नगद ३ हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको हो । त्यस्तै वर्ष उत्कृष्ट सदनको रुपमा हरियो सदन पुरस्कृत भएको छ । त्यस सदनलाई ५ हजार नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो ।

त्यस्तै गत वर्षको एस.इ.ई.मा उत्कृष्ट नतिजा ल्याउने आभाष मैनालीलाई नगद ५ हजारले पुरस्कृत गरिएको थियो । प्रधानाध्यापक आचार्यले विद्यालयको गतिविधि र भावी योजनाबारे जानकारी दिएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाईले शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यक्रममा बिर्तामोड नगर प्याव्सनका अध्यक्ष उत्तम खनालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनसेल र एनटीसीको रिचार्जबाट भाग्यशाली अभिभावक छनोट गरिएको थियो । ती अभिभावकहरुलाई एक हजारको १० वटा रिचार्ज कार्ड प्रदान गरिएको थियो । शिक्षक प्रकाश पाण्डेले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन शिक्षक गीताराम आचार्य तथा विद्यार्थीहरु प्रनिशा बोहोरा ,नेल्सन पराजुली ,सुमिरन दुलाल र सुरज गौतमले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्