झापा,फागुन १३ । झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा भद्रपुरका उद्योगी तथा खेलप्रेमी दीपेश ढकाल निर्विरोध चयन भएका छन् ।

मेचीनगरमा आइतबार सम्पन्न ब्याडमिन्टन संघको अधिवेशनले भद्रपुर झापा गोल्डकपका अध्यक्षसमेत रहेका ढकाललाई अध्यक्षमा चयन गरेको हो । झापाका भेट्रान्स ब्याडमिन्टन खेलाडी रहेका ढकाल यसअघिका ब्याडमिन्टन संघका उपाध्यक्ष थिए ।

भद्रपुर– ६ निवासी ढकाल झापा उद्योग संघका उपाध्यक्षसहित दर्जनौँ संघ संस्थामा आबद्ध छन् । त्यस्तै संघको उपाध्यक्षमा दीपक घिमिरे र कुमार गिरी, सचिवमा तीर्थराज ढकाल, कोषाध्यक्षमा दिलु सुब्बा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा श्रीप्रसाद धिताल, राम अवतार घिमिरे, शैलेन्द्र कुरुम्बाङ, कपिल क्षेत्री, जीवनकुमार श्रेष्ठ र एलपी साँवा चयन भएका छन् । संघका अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको अधिवेशनमा ब्याडमिन्टन संघका कोशी प्रदेश सदस्य भवानी आङदेम्बे, प्रकाश राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्