झापा,फागुन १८ । गायिका मेनुका पौडेलको आवाजमा ‘छुनै हुन्न जस्तो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा प्रदीप चापागाईंको शब्द रचना रहेको गीतमा सिडी विजय अधिकारीले सङ्गीत दिएका छन् । गीतले युवकयुवतीको प्रेम भाव दर्शाउँछ ।
गीतको भिडियोमा प्रभातपल ठकुरी र जुना सुन्दासको अभिनय देख्न सकिन्छ । अर्जुन तिवारीले खिचेको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्