झापा, फागुन १८ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई दिईरहेको बैकिङ सेवालाई थप प्रभावकारी बनाउन दमक शाखाबाट सेफ डिपोजिट लकर सेवा शुभारम्भ गरेको छ ।

शुक्रवार आयोजित एक कार्यक्रममा सो सेवाको दमकका प्रतिष्ठित उद्योगी एवं व्यवसायी बलराम पराजुलीले शुभारम्भ गरेका हुन् ।सेवाग्राहीको मागबमोजिम लकर सेवा सुरु गरिएको शाखाका प्रबन्धक चन्द्रमणी चम्लागाईंले जानकारी दिए । हाल बैंकको बिर्तामोड, चन्द्रगढी र दमक शाखाबाट लकर सेवा संचालन हुँदै आएको छ ।

यस सुविधाअन्तर्गत ग्राहकहरुले आफ्ना अमूल्य गरगहना तथा वित्तीय वा कानुनी कागजात र अन्य मूल्यवान वस्तुहरु सहज र सुपथ शुल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्