झापा , फागुन २० । इटहरी उपमहानगरपालिका– ६ बीपी चौकका विष्णुबहादुर खड्काको घरमा भएको आगलागीमा परी एक जनाको ज्यान गएको छ ।

सांकेतिक तस्वीर

आगलागीबाट जलेर एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मृत्यु हुनेमा ५२ वर्षीया गोपीमाया कटुवाल रहेकी छन् । कटुवाल सुतेको कोठामा आगलागी भएको हो । कोठाभित्र चुकुल लगाएको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘मृतकको कोठामा भित्रबाट चुकुल लगाइएको अवस्था छ,’ डीएसपी कार्कीले भने ‘आगलागीको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको छ ।’मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको इटहरी प्रहरीले जनाएको छ । मृतक कटुवाल छेउको कोठामा छोराबुहारी सुतेका थिए । उनीहरूलाई भने केही भएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्