झापा, फागुन २१ । कांग्रेससँगको सत्ता यात्रा सहज नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेर्दै आजै एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।

एमालेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको छ ।
एमालेले आजै पदम गिरीलाई सरकारमा पठाउने छ । माओवादीको पदाधिकारी बैठक अहिले चलिरहेको छ । पदाधिकारी बैठकले सरकारमा नयाँ मन्त्रीहरू पठाउने औपचारिक निर्णय गर्दैछ । रास्वपा र जसपा पनि सरकारमा सहभागी हुनेछन् । दुवै दलका पनि बैठक चलिरहेका छन् ।

प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई मन्त्रिपरिषद् पुनर्गठनको पत्र पठाउने छन् । त्यसपछि आजै शपथ हुनसक्ने एक एमाले नेताले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्