भद्रपुर ,फागुन २१ । ३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा झापाको चन्द्रगढीमा १०३ जनालाई सम्मान गरिएको छ।

जिल्ला समन्वय समितिको सभाहल चन्द्रगढीमा सोमवार आयोजित कार्यक्रमका बीच भद्रपुर नगरपालिकाभित्रका १० वटै वडाका ८–८ जनाका दरले ८० जना बृद्धबृद्धा , २० जना असल स्याहारकर्ता बुहारी र संस्थालाई सहयोग गर्ने ३ जना समिति सदस्यसहित १०३ जनालाई सम्मान गरिएको हो ।

नगरपालिकाको सामाजिक शाखाको आर्थिक सहयोग तथा जेष्ठ नागरिक नगर समन्वय समितिको भद्रपुरको आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल ,उप प्रमुख राधा कार्कीलगायतले यातायात खर्चसहित दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की, भद्रपुर नगरपालिका सामाजिक शाखा प्रमुख जीवनकला राउत , साना हात भद्रपुर शाखाका विक्रम वाग्ले , नगर कार्यसमिति सदस्य सन्ध्या हाडा, बाल सन्जाल भद्रपुरका अध्यक्ष आराध्य तिम्सिनालगायतले मन्तव्य राखेका थिए । हेमप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि धनप्रसाद सिवाकोटीले प्रकाश पारेका थिए । प्रथम उपाध्यक्ष परमानन्द मिश्रले स्वागत गरेको कार्यक्रमको संचालन सचिव शंकर गौतमले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्