बिर्तामोड, फागुन २१ । सुखानी सन्देशको विशेषांकको विमोचन गरिएको छ ।

बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उक्त विशेषांक विमोचन गरिएको हो ।प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकद्वारा प्रकाशित सुखानी सन्देशको उक्त विशेषांक कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले विमोचन गरेका हुन् । शहीद सप्ताहको अन्तिम दिनको अवसर पारेर विशेषांक विमोचन गरिएको हो ।

झापा विद्रोहसँग प्रत्यक्ष सम्बन्धित विभिन्न नेताहरूसहित शहिद परिवारका सदस्यहरू तथा उक्त घटनाका जानकारहरूको व्याख्या र विश्लेषणलाई पुस्तकमा समेटिएको छ ।सुखानी सन्देशले पहिलोपटक शहीद भूमि सुखानीलाई अजर–अमर बनाउने ऐतिहासिक पात्रहरूको बलिदानी र कृति जीवन्त राख्न झापा विद्रोहमा केन्द्रित रहेर उक्त विशेषांक प्रकाशन गरेको प्रकाशक राजु पाठकले जानकारी दिए ।

पुस्तकको विषयमा बोल्दै अग्रज पत्रकार मोहनकाजी न्यौपानेले पुस्तक यथार्थपरक रहेको र एउटा ऐतिहासिक दस्तावेज भएको बताए । कार्यक्रमका बिच झापाका ४ दर्जनबढी शहीद तथा बेपत्ता परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्