झापा, फागुन २४ । २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
धरानमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगितालाई विशेष बनाउन सबै खालको तयारी पूरा भएको जानकारी दिए ।
फागुन २६ देखि चैत्र ३ गते सम्म धरान रङ्गशालामा हुने प्रतियोगितामा चर्च ब्वाईज क्लब (लिग च्याम्पियन), नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, एनआरटी, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल सङ्घ मोरङ, भारतीय क्लब (युके एफसी) ले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपियाँ र उपविजेताले पाँच लाख रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।यस्तै उत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोल कर्तालाई ३५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट ७७ लाख ६० हजार रुपियाँ आम्दानी हुने र ६६ लाख ५५ हजार रुपियाँ अनुमानित खर्च लाग्ने अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्