झिलझिले, फागुन २४ । झापाको शिवसताक्षीमा एकजना बृद्धको नहरमा डुबेर मृत्यु भएको छ ।

बिहीबार स्थानीय वडा नं ६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर ८४ वर्षीय केदारनाथ बुढाथोकीको मृत्यु भएको हो।
स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारी अनुसार बुढाथोकी धौली चोकबाट घरतर्फ पैदल जाँदै थिए। त्यसक्रममा उनी नहरमा चिप्लिएर पसेको स्थानीयले बताए ।

स्थानीयवासीले नहरमा चिप्लिएर पसेको देख्नेबित्तिकै सिकिस्त अवस्थामा वुढाथोकीको उद्धार गरेका थिए। उनलाई उपचारका लागि बिर्तामोडको बिर्ता सिटी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बृद्धको शबलाई सो अस्पतालमा राखिएको छ । शुक्रबार कानुनी प्रक्रिया पूरा गरी शबको पोस्टमार्टम गरिने इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्