बिर्तामोड,फागुन २५ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको नगर खेलकुद महोत्सव सम्पन्न भएको छ ।

माघ २६ गतेदेखि सुरु भएको महोत्सवअन्तर्गत दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकुद हाजिरी जवाफ, पोस्टर डिजाइनका प्रतियोगिताको फाइनल खेल वीर अमरसिंह माविमा सम्पन्न भएको हो ।

विजेता हुनेहरुमा वादविवाद प्रतियोगितातर्फ कृतिका आचार्य पहिलो (निधि मावि), एलिजा भट्टराई दोस्रो (निधि मावि) र तेस्रो सृजा काफ्ले (न्यूटन्स एकाडेमी) रहेका छन् । यसैगरी निवन्ध लेखनतर्फ पुर्निका यादव पहिलो (न्यूटन्स एकाडेमी), निकिता तामाङ दोस्रो (एभरेष्ट स्मार्ट एकाडेमी) र दिपशिखा प्रसाई तेस्रो (नवोदय फनमिन) रहेका छन् । यसैगरी स्पोर्ट क्विजतर्फ निरज न्यौपाने, प्रज्वल आचार्य प्रथम (कञ्चनजंघा मावि), निश्चल कटुवाल, प्रवेशहाङ लिम्बू दोस्रो (सरस्वती एन्जल्स) र प्रशन पौडेल,निशान न्यौपाने (मोहनमाया मावि) रहेका छन् ।

यस्तै पोस्टर डिजाइनतर्फ प्रावि तहमा रियाना धिमाल पहिलो (एभरेष्ट स्मार्ट),सुकुन राजवंशी (न्यूटन्स) र विभुत निरौला तेस्रो (एसेन्ट एकाडेमी) रहेका छन् । यस्तै निमावि तहमा अन्वेशष ढुंगेल पहिलो (न्यूटन्स), अनुजा अधिकारी दोस्रो (निधि मावि) र सविना विश्वकर्मा तेस्रो (एसेन्ट एकाडेमी) रहेका छन् । मावि तहमा उत्प्रेक्षा राजवंशी पहिलो (विराटज्योति), प्रेमप्रकाश यादव दोस्रो (एसेन्ट एकाडेमी) र निनु भट्टराई तेस्रो (एभरेष्ट एकाडेमी) रहेका छन् ।

यस्तै प्रतियोगिताको पेन्टिङ,ड्रइङतर्फ प्रावि तहमा सुहाना सिटौला पहिलो –न्यूटन्स), इभाना खनाल दोस्रो (एसेन्ट) र ग्लोरियस गुरुङ तेस्रो (नवोदय फनमिन) भएका छन् । यस्तै निमावि तहमा चेन्जल राजवंशी पहिलो –न्यूटन्स), विवेक राजवंशी दोस्रो (नवोदय फनफिन) र विकास राजवंशी तेस्रो (एसेन्ट एकाडेमी) भएका छन् । मावि तहमा सौरभ टुडु पहिलो (एसेन्ट), सृष्टि शाह दोस्रो (नवोदय) र प्राश्ना खड्का तेस्रो (एभरेष्ट एकाडेमी) भएका छन् ।

रनिङतर्फ विभिन्न तहअन्तर्गत विजेता छनोट गरिएको छ । सबै विधाका विजेताहरु पहिलो, दोस्रो र तेस्रो हुनेहरुलाई क्रमशः ४ हजार,२ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्रको व्यवस्था गरिएको नगर खेलकुद विकास समितिका सदस्य तथा महोत्सव आयोजक समिति सह–संयोजक विशाल अग्रवालले जानकारी दिए । प्रतियोगिताको छनोट चरणमा विधागतरुपमा दौडमा ६३ जना, निवन्ध लेखनमा ८ जना, वादविवाद प्रतियोगितामा ८ जना, चित्रकलामा १५ जना, खेलकुद हाजिरीजवाफमा ७ जना, पोस्टर डिजाइन र चित्रकलामा १६ जना छनोट भएका थिए ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरे । कार्यक्रममा वडा नम्बर २का वडाध्यक्ष किशोरकुमार पौडेल, कार्यपालिका सदस्य तिला गौतम, न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, प्रकाश लिङ्देन, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राज आङ्देम्बेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्