झापा,फागुन २६ । महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेर निर्माण गरिएको चलचित्र ‘अञ्जिला’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमबिच निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिटै नै चलचित्रको उपयुक्त प्रदर्शन मिति तय गर्ने बताए ।
पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट अञ्जिलाको ग्रामीण जीवनको सङ्घर्षदेखि खेल जीवनसम्मको कथा समेटिएको छ । चलचित्रमा अञ्जिला स्वयम्को मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्