झापा,फागुन २७ । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–२ की ३४ वर्षीय कमला सार्कीको हत्या गरेको आरोपमा उनका श्रीमान् ओमकुमार सार्की प्रकाउ परेका हुन् ।

शनिबार बिहान करिब ४ बजे ओमकुमारको कुटपिटका कारण कमलाको ज्यान गएको खबर प्राप्त हुन साथ प्रहरी कार्यालय निशंखेबाट प्रहरी टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी बालिस्टार सिंहले बताऐ । घटना स्थल सुरक्षित राखी प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि रुम्जाटार अस्पताल पठाइएको प्रहरी निरीक्षक सिंहको भनाइ छ ।

श्रीमान् ओमकुमारलाई कानुन अनुसार पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । खोटाङबाट कमलाका माइती पक्ष आइपुगेपछि घटनास्थलमा प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्