भद्रपुर,फागुन २७ । मुसलमान समुदायको पवित्र महिना रमजानको अवसर पारेर भद्रपुर नगरपालिकाले ५० जना कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/03/Muslim-Sahayoug-1024x768.jpg)
कारागारभित्र बन्दी जीवन बिताइरहेका मुसलमान समुदायका ५० जना व्यक्तिलाई रोजा खोल्न नगर प्रमुखको नेतृत्वमा गएको टोलीले कारागारमा खाद्यान्न सहयोग गरेको हो ।
व्रत (रोजा) अवधिभरलाई पुग्ने गरी दिइएको खाद्यान्न वितरण कार्यक्रममा उप–प्रमुख राधा कार्कीलगायत मुस्लिम समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।