बिर्तामोड,फागुन २७ । नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघका केन्द्रीय सदस्य एवं पूर्व सांसद विश्वदिप लिङ्देनले नेपाली कांग्रेस बलियो भएमात्रै आदिबासी जनजातिको हक अधिकार सुरक्षित हुने बताएका छन् ।

नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित बिर्तामोड नगर सम्मेलनको उद्घाटन समारोहका प्रमुख अतिथि रहेका लिङ्देनले संविधानको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउनुपर्ने धारणा राखेका हुन् । संसारबाट कम्युनिष्टहरु पलायन भइरहेको र लोकतान्त्रिक पक्षधर शक्ति बलियो बनिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन, विधिको शासन स्थापित गर्न कांग्रेसलाई बलियो बनाउनुको विकल्प नरहेको दोहो¥याए । पार्टी बलियो बनाउन क्षमतावान, योग्य र क्रियाशील कार्यकर्तालाई उचित स्थान दिन पनि उनले पार्टी नेतृत्वसँग आग्रह गरे ।

राजकुमार राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघका केन्द्रीय सदस्य टेकबहादुर खजुम, नेपाली कांग्रेस महासमिति सदस्य राधा सुब्बा, जिल्ला सदस्यहरु पार्वता गिरी, धर्म लक्सम्बा, ओमकृष्ण विमली, प्रकाश शिवाकोटी, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाली कांग्रेस २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, क्षेत्र नं–२ प्रदेश क सभापति लक्ष्मी आचार्यलगायतले मन्तब्य राखेका थिए । कांग्रेसका नगर सभापति भोजराज सिटौलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत कुलप्रसाद संग्रौलाले गरेका थिए ।

नगर सम्मेलनले आनन्द गुरुङको अध्यक्षतामा १५ सदस्यीय नगर समिति सर्वसम्मत गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा जंगबहादुर श्रेष्ठ र पूर्णवती श्रेष्ठ लिम्बू, सचिवमा सन्तकुमार लिङ्देन र दिनेश श्रेष्ठ, सहसचिवमा गोविन्द राजवंशी र हेमा श्रेष्ठ, कोषाध्यक्षमा कमला गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जानुका लिवाङ, सिर्जना श्रेष्ठ, सरस्वती गुरुङ, दिपक तामाङ, दिनेश चौधरी, फुलमाया शेर्पा र गिता गुरुङ चयन भएका छन् । यसअघि वडा तहमा गठित वडा समितिका सभापति एवं क्षेत्रीय प्रतिनिधिहरुको भेलाले नगर समिति गठन गरेको हो । संघको विधानमा प्रत्येक वडाबाट २ महिलासहित ६ जना क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् भने वडा सभापति स्वतः क्षेत्रीय प्रतिनिधि हुने ब्यवस्था छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्