भद्रपुर,फागुन २८ । भद्रपुर नगरपालिकाका पूर्व जनप्रतिनिधि डम्बर वर्माको निधन भएको छ ।

भद्रपुर ५ निवासीे वर्माको गएराति सवा १० वजे ६५ वर्षको उमेरमा निजी निवास भद्रपुरमा निधन भएको हो । एक साताअघि व्रेन हेमरेज भइ अप्रेसन गरी घरमै रहेको अवस्थामा उनको निधन भएको गोपाल वर्माले जानकारी दिए ।

वर्मा दुई पटक भद्पुर नगरपालिकाको वडा अध्यक्ष भएका थिए । उनका श्रीमती र ३ छोरीहरु रहेका छन् । वर्माको पार्थिव शरीरको अन्त्येष्टि आजै मेची नदीमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्