झापा,फागुन २८ । पशु चिकित्सकको लाइसेन्सिङ परीक्षा १६८ जना उत्तीर्ण भएका छन् । नेपाल पशु चिकित्सा परिषद्ले लिएको सो परीक्षामा २१२ जनामध्ये १६८ जना उत्तीर्ण भएका हुन् ।
१९ औं लाइसेन्सिङ परीक्षा दिएका जम्मा ५३ जिल्लाका २१२ जना परीक्षार्थीमध्ये ४९ जिल्लाका १६८ जना उत्तीर्ण भएको पशु चिकित्सा परिषद्ले जनाएको छ ।
देशभर ४ वटा क्याम्पसबाट पशु चिकित्सा विषय अध्ययन हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्