झापा,फागुन २८ । बसको ठक्कसबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी टोपबहादुर खत्रीको मृत्यु भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले उपचारका क्रममा खत्रीको मृत्यु भएको जानकारी दिए।
सर्लाही घर भएका ट्राफिक प्रहरी खत्रीलाई फागुन २० गते कोटेश्वरमा ड्युटीमा रहेका बेला बसले ठक्कर दिएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
उपचारका क्रममा अन्नपूर्ण न्युरो अस्पताल माइतिघरमा आइतबार दिउँसो उनको मृत्यु भएको हो ।
जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले कोटेश्वरमा ठक्कर दिएको थियो । ठक्कर दिने बसका चालक नवराज गिरी प्रहरी हिरासतमा छन् । उनीविरुद्ध ‘सवारी ज्यान’सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्