झापा,फागुन २९ । हिजो मात्रै छैटौं झापा गोल्डकपको उपाधि जितेर धरानमा बुढासुब्बा गोल्डकप खेल्न आएको चर्च ब्वाईज युनाइटेड क्लब आज पहिलो खेलमै पराजित भएको छ ।

चर्च ब्वाईजलाई काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनल प्रवेश गर्न सफल भएको हो ।
धरान रंगशालामा भएको खेलमा काँकरभिट्टाका लागि आशिष चापागाईंले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच काँकरभिट्टाकै बिशाल घलान घोषित भए । प्रतियोगिताअन्तर्गत फागुन ३० गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक धरान एफसी र मोरङ जिल्ला फुटबल संघबीच हुनेछ ।

धरान फुटबल क्लब, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत ३ गते हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्