अर्जुनधारा ,फागुन २९ । सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय माछा बरामद गरेको छ ।

अर्जुनधारा ६ स्थित बिहानी टोलमा आज बिहान ७ः३० बजेको समयमा तीन वटा मोटरसाइकलमा भित्र्याइएको ५ सय केजी प्रतिबन्धित माछा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो । बरामद भएका माछाहरूमा पमप्लेट रुपचन, पङ्गास र रहँु प्रजातिका रहेका छन् । को ९ प १६०८, मे ३ प ९७६१ र मे ४ प ९६४२ नम्बरको मोटरसाइकलमा भित्र्याइएको सडेगलेका माछा बरामद गरिएको बेस क्याम्प प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अवैधरुपमा भित्र्याउँदै गर्दा सशस्त्र प्रहरीलाई देखेर मोटरसाइकल छाडी चालकहरु फरार भएका थिए ।
बरामद मोटरसाइकल मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको छ भने बरामद गरिएको माछा बेस क्याम्प परिसरमा नषट गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, खाद्य क्वारेन्टाइन काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहलगायतको रोहवरमा खाल्डोमा पुरेर माछा नष्ट गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्