भद्रपुर,फागुन ३० । भद्रपुर ७ निवासी निर्माण व्यवसायी उपेन्द्रप्रसाद सिंहको निधन भएको छ ।

उनको आज विहान ४ बजे ७६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । ‘सिंह सर’ को नामले परिचित उनी सरस्वती प्राथमिक विद्यालय हल्दिवारीका पूर्व प्रधानाध्यापक रहेका थिए । शिक्षा सेवावाट अवकास भएपछि उनी निर्माण व्यवसायमा सक्रिय रहेका थिए ।

उनका श्रीमती, २ छोरा र २ छोरी छन् । जेठा छोरा प्रकाशकुमार सिंह इन्जिनियर हुन् भने कान्छा छोरा दिपककुमार सिंह डाक्टर हुुन् । सिंहको पार्थिव शरीरको आज दिउँसो १ बजे स्थानीय देउनिया खोलाको विश्रान्ति घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्