झापा,चैत १ ।वैदेशिक रोजगारीको लागि कुवेत पुगेका ३ नेपालीको मृत्यु भएको छ । १२ मार्च २०२४ का दिन उनीहरूको सडक दुर्घटनामा परी मृत्यु भएको हो।

मृत्यु हुनेमा सानो भर्याङ, नागार्जुन–२ काठमाडौंका सुजन कार्की , लयती पन्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत र वेंगादवार–३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन्।

साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो ।मृतकहरु कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए । घटनापश्चात् कुवेती गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै मृतकहरुको शवलाई पोष्टमार्टमको लागि फरवानिया हस्पिटल राखिएको छ । नेपाली राजदूतावास अनुसार दुर्घटनाको सूचना पाएलगतै परिवार तथा कम्पनीसँग सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागि पहल गर्नुको साथै आवश्यक प्रक्रिया शुरु भएको छ ।

तीनजना नेपालीको मृत्यु भएको भनिएपनि कुवेती अनलाइन कुवेत अफरिङ्सले दुई नेपालीसहित तीनजनाको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्