बिर्तामोड, चैत १ । झापा बाह्रदशीको राजगढमा एभरेष्ट मार्ट र एभरेष्ट सिनेमाको सफलतापछि व्यवसायी चाँद मोहम्मद हुसैनले बिर्तामोडमा पनि एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट संचालनमा ल्याएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/03/2b8fa465-019c-4b37-9b12-cf9f74b9e772-1024x461.jpg)
बिर्तामोडको मुक्ति चौकको उत्तरपट्टि विशाल बजारमा उनले करिव ५ करोडको लागतमा सो मार्ट संचालनमा ल्याएका हुन् । जसको एक समारोहका बीच बिहीवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । दुबई र साउदी अरबमा चाँद मोहम्मदले १८ वर्ष मार्केटिङको काम गरेका थिए । त्यही अनुभवलाई आफूले आफ्नो गाउँ राजगढसंगै बिर्तामोडमा गरेर देखाउन खोजेको उनले बताए । उनले आफ्नो मार्टमा ग्रोसरी,लत्ताकपडा , तरकारी , फलफूल उपलव्ध रहेको जानकारी दिए ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/03/9014c43e-72cf-453c-93f2-44e2319b0165-1024x461.jpg)
‘झापाको मुटु बिर्तामोड , बिर्तामोडको मुटु मुक्तिचौकमा मार्ट खोलेका छौं’उनले भने,‘ किफायती मूल्यमा गुणस्तरीय सामान दिन्छौं ।’ उनले निःशुल्क अनलाइन सेवासंगै टोल फ्री नम्बरसमेतको व्यवस्था गर्न लागिएको बताए । मनाङ, मुस्ताङसंगै पहाड र तराईका ताजा तरकारी तथा फलफूलहरु उपलव्ध गराउने आफ्नो उद्धेश्य रहेको उनले सुनाए ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/03/c8c7fa7c-5bf8-4f7d-bf60-90d67fd65195-1024x559.jpg)
प्रमुख अतिथि नगर प्रमुख प्रसाई , बिशेष अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बाह्रदशीका पूर्व वडाध्यक्ष प्रेम घिमिरेले मन्तव्य राखेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष विशाल थापा , महासचिव कुशल खतिवडा , सदस्य सुष्मा उप्रेतीलगायतको उपस्थिति रहेको थियो । बिशाल बजारको २४ वटा सटरमा सो मार्ट संचालन गरिएको जनाइएको छ ।